सिक्किम किन पुगिन् प्रियंका ?
फिल्ममा मात्र होइन, अभिनेत्री प्रियंका कार्कीको व्यस्तता स्टेज कार्यक्रममा पनि उस्तै छ । थुप्रै हिट गीतमा नृत्य गरेकी प्रियंका भ्याएसम्म सबै ठाउँमा पुग्छिन् पनि । आफुलाई अत्यन्त व्यस्त राख्न चाहने प्रियंका सिक्किम पुगेकी छिन् । उनी, सिक्किम पुग्नुको कारण एउटा रिसोर्ट तथा स्पाको उद्घाटनमा नृत्य प्रस्तुत गर्न हो ।
सिक्किममा संचालनमा आएको मेफियर रिसोर्ट तथा स्पाको उद्घाटन गर्न सिक्किम पुगेकी प्रियंका उत्साहित छिन् । उनले, लगाएको पहिरनले पनि उनले सो कार्यक्रममा सिरैमा शिरवन्दी बोलको गीतमा नृत्य गरेको वुझ्न सकिन्छ । प्रियंका राम्रो नृत्य समेत गर्छिन् । यसैले पनि उनलाई नृत्यका लागि अफर धेरै आउने गरेको छ ।
सिक्किममा प्रियंकाको क्रेज राम्रो छ । लगातार फिल्मको छायांकनमा व्यस्त प्रियंकाको यो व्यस्तता सधै रहोस् ।
For More videos Log on to Mazzako TV