अभिनेता आर्यन सिग्देलले पहिलो पटक फिल्म कायरामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गरेका थिए । साम्राज्ञीसँग काम गर्नु अगाडि उनले उनको बारेमा धेरै नकारात्मक कुरा सुनेका थिए ।

साम्राज्ञी फोन नै उठाउदिनन्, स्टारडम देखाउँछिन्, काममा समय दिन्नन् आदि कुरा सुनेका आर्यनलाई सामज्ञीसँग काम गरेपछि भने के उनी त्यस्तो लाग्यो त ? आर्यनले फिल्म कायराको ट्रेलर सार्वजनिक कार्यक्रममा यो कुरा शेयर गरेका छन् । उनले, आफूले आजसम्म काम गरेका हिरोइनमा साम्राज्ञी सबैभन्दा सहज भएको बताए ।

साम्राज्ञीले काम सकिएपछि स्टारडम देखाएपनि आफूलाई फरक नपर्ने भन्दै आर्यनले काममा भने उनीसँग मिहिनेती र पक्काको कोही नभएको बताए । साम्राज्ञीले भने निर्देशक लक्ष्मण रिजालको बारेमा धेरै कुरा सुनेको बताउँदै काम गर्दा भने ट्यूनिङ मिलेको बताइन् । साउन १८ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा साम्राज्ञी र आर्यनको लभ स्टोरी देखाइएको छ ।

For More videos Log on to Mazzako TV