पूजापछि सुदर्शनसँग पनि नजिकिए प्रदिप
अभिनेता प्रदिप खड्का अभिनेत्री पूजा शर्मासँग बोलचाल बन्द गरेको ३ बर्षपछि नजिक भए । पूजा र प्रदिपको मिलनले उनीहरु कतै एकसाथ फिल्म खेल्न लागेका त होइनन् भन्ने देखायो । तर, अहिलेसम्म उनीहरुले एकैसाथ फिल्म साइन गरेको खबर छैन । यसैविच, अभिनेता प्रदिप खड्का अब निर्देशक सुदर्शन थापासँग पनि नजिक भएका छन् ।
सुदर्शन र प्रदिप राजधानीमा आयोजना भएको एक अवार्डको नोमिनेशन कार्यक्रममा एकसाथ गफिएका थिए । फिल्म प्रेमगीत रिलिज भएपछि प्रदिप र सुदर्शनको सम्बन्ध विग्रिएको थियो । यसपछि, उनीहरु एक अर्कासँग टाढा मात्र भएका थिएनन्, आरोप प्रत्यारोपमा पनि उत्रिएका थिए ।
तर, अब भने यी दुई नजिक भएका छन् । जसले, सुदर्शनले पूजा र प्रदिपलाई लिएर फिल्म बनाउन लागेका त होइनन् भन्ने देखाउँछ ।
For More videos Log on to Mazzako TV