समाज सेवाका लागि अनमोलको निशुल्क कन्सर्ट
अभिनेता अनमोल केसीले समाजसेवाका लागि भन्दै निशुल्क कन्सर्टमा सहभागीता जनाउने भएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुने कन्सर्टमा अनमोल सहभागी हुनेछन् । मोनिका इन्टरनेशनल गु्रुपले आयोजना गर्न लागेको कन्सर्ट वुटवल, पोखरा, चितवन र विर्तामोडमा हुनेछ ।

यी चारै स्थानमा अनमोललाई हेलिकप्टरबाट स्टेजमा झारिने कार्यक्रम आयोजक संस्थाका प्रमुख कमल जीसीले जानकारी दिए । अनमोलले यो कार्यक्रमका लागि कुनै पनि पारिश्रमिक नलिएको बताएका छन् । नेत्रहिन महिला संघको सहयोगका लागि कार्यक्रम आयोजना हुन लागेकाले पनि आफूले पारिश्रमिक नलिएको अनमोलले बताएका छन् ।
उनले, आफ्ना फ्यानहरुसँग प्रत्यक्ष जोडिन पाउँदा आफू खुशी हुने समेत बताएका छन् । भदौ ९ गते बुटवलबाट सुरु हुने कार्यक्रम भदौ २७ गते विर्तामोडमा पुगेर सकिनेछ । ‘अनमोल इभ’ नाम दिइएको कार्यक्रममा १५ हजारसम्म दर्शक आउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV








