जापानमा हुने पहिलो ’सूर्य इन्टरनेशनल अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । राजधानीमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै टोकियो शहरमा भदौ ३१ गते हुने अर्वाडको मनोनयन सार्वजनिक गरिएको हो ।

उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६ र ६ विधा राखिएको छ । जसमध्ये उत्कृष्ट फिल्मको विधामा ’छक्का पञ्जा २’, ’ए मेरो हजुर २’, ’शत्रुगते’, ’म यस्तो गीत गाँउछु’ र ’कृ’ परेका छन् । अभिनेताको विधामा ’कृ’ बाट अनमोल केसी, ’लिलिबिली’ बाट प्रदिप खड्का, ’म यस्तो गीत गाउँछु’ बाट पल शाह, ’मंगलम’ बाट पुष्प खड्का र ’घामपानी’ बाट दयाहाङ राई भिडन्त गर्दैछन् ।

यस्तै, साम्राज्ञी राज्य लक्ष्मी शाह ’ए मेरो हजुर २’ बाट, ’म यस्तो गीत गाउँछु’ बाट पूजा शर्मा, ’कान्छी’ बाट श्वेता खड्का, ’मंगलम’ बाट शिल्पा पोखरेल र ’पञ्चायत’ बाट निता ढुङ्गाना उत्कृष्ट अभिनेत्री विधाको मनोनयमा परेका छन् ।

दर्शकले उत्कृष्ट पाँच मध्येलाई विश्वभरीबाट अनलाईन भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘सूर्य अवार्ड’ निश्पक्ष र पारदर्शी बनाउने आयोजक संस्था इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्वाडका नेमिनेशनहरु यस प्रकार रहेको छ :

फिल्म तर्फ

१) उत्कृष्ट फिल्म
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ

२) उत्कृष्ट निर्देशक
दिपा श्री निरौला
अरुणा थापा
प्रदिप भट्टराई
सुर्दशन थापा
मिलन चाम्स

३) उत्कृष्ट सह अभिनेता
केदार घिमिरे
बुद्धि तामाङ
सलोन बस्नेत
अनुप विक्रम शाही
प्रशान्त ताम्राकार

४) उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत
प्रियंका कार्की्
केकी अधिकारी
अनु शाह
आशिस्मा नकर्मी

५) उत्कृष्ट अभिनेता
अनमोल के.सी
प्रदिप खड्का
पल शाह
पुस्पल खड्का
दयाहाङ राई

६) उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्य लक्ष्मी शाह
पुजा शर्मा
श्वेता खड्का
शिल्पा पोखरेल
निता ढुङ्गाना

गीत तर्फ

पप तर्फ
१) उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर

२) उत्कृष्ट गायिका–श्री
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा

आधुनिक तर्फ
१) उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई

२) उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
सिर्जना खत्री

लोक तर्फ
१) उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल

२) उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर

For More videos Log on to Mazzako TV