उमेश र कविताको लभस्टोरीले मन छुन्छ (भिडियो)
मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को ट्रेलर सार्वजनिक भएको छ । असार २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा उमेश थापा र कविता गुरुङको रियल लभस्टोरी प्रस्तुत गरिएको छ । फिल्ममा रियल जोडीकै अभिनय समेत रहेको छ ।
ट्रेलरमा उमेश र कविता बीचको प्रेम, रोमान्स, विछोडलाई मज्जाले प्रस्तुत गरिएको छ । फिल्ममा उमेश र कवितासंगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय छ ।
उमेश र कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । फिल्म ‘बोबी’ को नर्वेको ओस्लोमा प्रिमियर समेत गरिसकिएको छ ।
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV