बादी र पण्डित सम्बन्ध, ‘पण्डित बाजेको लौरी’ (भिडियो)
दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’ को ट्रेलर सार्वजनिक भएको छ । ‘बादी प्रथा’ र पण्डितहरुको कथालाई मुख्य विषयबस्तुमा निर्माण गरेको फिल्मको ट्रेलरमा प्रष्ट हुन्छ । यसअघि सार्वजनिक गरिएको फिल्मको टिजर र गीतले मज्जाको प्रक्रिया पाइसकेको छ ।
साउन ४ गतेबाट अलनेपाल रिलिज हुने फिल्मकोे ट्रेलरमा कमेडी, प्रेम, बदला र द्वन्दका दृश्यहरु अटाइएको छ । विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ को भूमिकामा छन् । तल्लो जात भनेर हिपिने बदिनी र समाजको ठुलो जात पण्डित विचको सम्वन्धलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक ओलीले बताए ।
अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।
For More videos Log on to Mazzako TV