अनुप बिक्रम बर्षा र मालालाई ‘पुरानो बुलेट’ मा राखेर कुदाउँदै
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा नयाँ फिल्म ‘पुरानो बुलेट’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।
भिषण राईको निर्देशनमा निर्माण हुने फिल्ममा नायक अनुप विक्रम शाही, नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहनेछन् । निर्देशक राईले लामो समय देखि पत्रकारिता गर्दै आइरहेका छन् ।
फिल्म ‘पुरानो बुलेट’ मा कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा संचारकर्मी सन्तोष राई रहेका छन् । फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे समेत अभिनय रहनेछ ।
हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको स्वर रहनेछ । फिल्मको कोरियोग्राफर पशसान्त तामाङले गर्नेछन् ।
यही असार १५ गतेबाट फ्लोरमा जाने फिल्म पुर्वाञ्चलका बिभिन्न रमणिय स्थल र राजधानीमा छायांकन हुने छ । ‘पुरानो बुलेट’ लाई आउँदो मंसिरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।