मलिना जोशी स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ शुक्रबारबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँदैछ । यसअघि उनले काम गरेका कुनै पनि फिल्मले कमाल गर्न सकेनन् । ऋतु, द वीनर र रानी मलिनाका रिलिज भैसकेका फिल्महरु हुन् । अब उनको करियरकै लागि भए पनि ‘तिमी हुन्छौ जहाँ जहाँ’ चल्नै पर्छ । त्यस्तै यसअघि मलिनासंगै काम गरेका नायक मनिष सुन्दर श्रेष्ठ यो फिल्ममा मलिनाको अपोजिटमा छन् । मनिषको पनि रानीले राम्रो छाप छाड्न नसकेको अबस्थामा फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ले राम्रो छाप छाड्न सक्नु पर्ने हुन्छ ।


मलिना जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लभस्टोरी फिल्म भएको बताईन । लभ स्टोरी भए पनि फिल्ममा एक्सन पनि रहेको मलिनाको भनाई छ । फिल्म राम्रो बनेकोले दर्शकलाई हल सम्म गएर हेरिदिनुहुन मलिनाले आग्रह समेत गरेकी छिन् ।
फिल्मका नायक मनिष सुन्दर श्रेष्ठले फिल्म राम्रो बनेको बताएका छन् । ‘रानी’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मनिषले पहिलो फिल्म भन्दा यो फिल्म राम्रो काम गरेको बताए । यही फिल्मबाट डेब्यु गरेकी नव अभिनेत्री तमन्ना केसीले आफुलाई पहिले देखी नै चलचित्रमा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । मैले खोजेको जस्तै स्क्रिप्ट पाए र काम गर्न तयार भए, तमन्नाले भनिन् ।

विकाश बस्याल लिखित निर्देशित फिल्ममा मलिना र मनिषसँगै ‘छक्का पन्जा’ डेब्यु व्वाय स्वरूपपुरुष ढकालको पनि अभिनय छ । मदन दवाडी, दाई चन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी रहेको सिनेमामा भुपेन्द्र अधिकारी र सालिक दुडलको सम्पादन, रोशन श्रेष्ठको एक्सन, माधव घिमिरेको पटकथा र संवाद र रामशरण उप्रेतीको छायाँकन रहेको छ ।

 

For More videos Log on to Mazzako TV