‘वीराङ्गना’ एक्सनको अर्काे नाम, कस्तो छ अनुप र शिल्पाको काम ? (भिडियो)
अनुप बिक्रम शाही स्टारर फिल्म ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक उक्त ट्रेलरमा अनुपविक्रम र शिल्पा पोख्रेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । असार २९ गतेबाट अलनेपाल एकसाथ सार्वजनिक प्रदर्शनको तयारी गरिएको फिल्ममा नायक पृथ्वीराज प्रसाईलाई भने एक्सन र रोमान्टिक दुवै अवतार देखाइएको छ । बादर र घोडाको समेत फिल्ममा फरक रुपमा देख्न सकिन्छ ।

फिल्ममा प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको हो ।

यो फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह(निर्माता रहेकी छिन् ।
फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन छ ।
For More videos Log on to Mazzako TV








