तेरियाको फिल्म यात्रा
डीआइडी लिटिल मास्र्टस र झलक दिखला जा जस्ता भारतका चर्चित रियालिटी शो जितेकी तेरिया मगर अब नेपाली फिल्ममा देखिने भएकी छिन् । तेरियाले मायाको मोल नाम गरेको फिल्ममा काम गर्ने फाइनल भएको छ ।

तेरियाले यो फिल्मका लागि १ महिना समय दिनेछिन् । तेरिया यसका लागि नेपाल आउनेछिन् । उनी अहिले भारतमा छिन् र आफ्नो करिअर डान्समा अगाडि बढाइरहेकी छिन् । यो फिल्मलाई म्याटिन कालुले निर्देशन गर्दैछन् । कालुले बनाएको फिल्म पटुकी गएको बर्ष रिलिज भएको थियो । तर, यो फिल्म चलेन ।

कालुले आफूलाई हिट बनाउनका लागि पनि तेरियाको ब्रान्ड जोड्न खोजेका छन् । पहिला गीत र पछि फिल्मको दृश्य खिच्ने कालुको तयारी छ ।
For More videos Log on to Mazzako TV








