अभिनेत्री स्वेता खड्कालाई कान्छी फिल्मले हिट बनायो । तर, कान्छी फिल्म चलेपछि मिडियाबाट ओझेल परेकी स्वेता अहिले फेरि छाएकी छिन् । उनी छाउनुको कारण हो, स्विमिङ पूलको पोडी । गर्मी महिना लागेको भन्दै स्विमिङ पूलमा पौडिन पुगेकी स्वेता अहिले मिडियामा छाएकी छिन् । स्वेताले काठमाण्डौको गर्मी छल्न महाराजगञ्जको एउटा होटलमा स्विमिङ गरेकी थिइन् ।

तर, स्विमिङ र विश्वकपका कारण आफू विरामी परेको स्वेताले बताएकी छिन् । स्वेताले स्विमिङ पूलको चिसो र रातभरी फुटबल हेर्दा विरामी परेको बताएकी हुन् । स्वेता अहिले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणमा पनि लागेकी छिन् । यसैले उनी फिल्मबाट भने टाढा जस्तै छिन् । स्वेताले आफूलाई अफर आएका फिल्म समेत अस्विकार गर्दै आएकी छिन् ।

तर, उनलाई गर्मी छल्नका लागि स्विमिङ कस्ट्यूम लगाउँदा नै मिडियामा छाउने अवसर मिलेको छ ।

For More videos Log on to Mazzako TV