साउन ४ गतेबाट अलनेपाल प्रदर्शनको तयारी गरेको अभिनेता दयाहाङ्ग राई स्टारर फिल्म ‘भैरे’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।


एभरेष्ट सुर्य बोहरा निर्देशित फिल्ममा दयाहाङ ‘भैरे’ को भूमिकामा प्रस्तुत भएको ट्रेलरबाट बुझ्न सकिन्छ । दयाहाङ्गको जोडीरुपमा नायिका सुरक्षा पन्त छिन् भने, बुद्धि तामाङ्ग र नायिका वर्षा सिवाकोटी अर्काे जोडीका रुपमा छन् ।

प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह–निर्माताहरु हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को छायांकन गरेका हुन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतको समेत अभिनय छ ।

 

For More videos Log on to Mazzako TV