एउटा फिल्मका लागि मिहिनेत गरेर त्यो फिल्म रिलिज नहुने अवस्था आयो भने कलाकारलाई दुख लाग्छ । यसपछि, काम गर्ने जागर पनि हराउँछ । अभिनेता प्रदिप खड्कालाई त्यस्तो अवस्था नआओस् । तर, आयो भने ? प्रदिपले दुखका साथ काम गरिरहेको चलचित्र रोजीको छायांकन अहिले रोकिएको छ ।

वुधबार अघि यो चलचित्रको छायांकन सुरु हुने छैन । किनकी, रोजी महर्जनको हत्याकाण्डलाई फिल्ममा देखाउन लागिएको भन्दै उनको परिवारले फिल्म बन्न नदिने बताएको छ । यसैले, चलचित्र विकास बोर्डको ठाडो आदेशमा फिल्मको छायांकन वुधबारसम्मलाई स्थगित गरिएको छ । एक साता फिल्मको छायांकन रोकिदा निर्माता मर्कामा पर्नेछन् । तर, वुधबारपछि पनि फिल्मको छायांकन सुचारु हुन्छ भन्ने छैन ।

किनकी, वुधबार रोजी महर्जनको परिवारले फिल्म खिच्न दिने सहमती गरेन भने के होला ? निरक पौडेलको निर्देशनमा यो फिल्मको छायांकन भैरहेको छ । प्रदिप खड्का, परमिता आर एल राणा र मिरुना मगर फिल्ममा मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV