फिल्म कायराको २ वटा गीत खिचिएको हार्डडिस्क विग्रिएपछि निर्माता आर्यन सिग्देल र उनको टिम टिम समस्यामा परेको हो । फिलिपिन्समा खिचिएको फिल्मको २ वटा गीतको केही फुटेज रिकोभर नभएपछि आर्यन र निर्देशक लक्ष्मण रिजाल समस्यामा परेका हुन् । यो फिल्ममा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा देखिदैछन् ।

फिल्मको प्रदर्शन मिति साउन १८ मा तय गरिताएतापनि फाइनल भने भएको छैन । फिलिपिन्समा खिचिएको एउटा रोमान्टिक र अर्को वियोगान्त गीतको केही दृश्य हार्डडिस्कमा आएको समस्याले उडेको हो ।

आर्यन र साम्राज्ञी ती दृश्य खिच्नका लागि फेरि फिलिपिन्स जाने तयारीमा लागेका छन् । गीतमा समस्या भएपछि पहिले ट्रेलर रिलिज गर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV