क्याप्टेन र मेस्सी, अनमोलको दुबै हातमा लण्डु पर्ला ? (भिडियो)
अभिनेता अनमोल केसी क्याप्टेन फिल्ममको काममा व्यस्त छन् । यो फिल्मको रिलिज मिति तय भएको छैन । तर, अनमोल यो फिल्ममा फुटबल खेलाडीको रुपमा देखिदैछन् । अनमोलका लागि यो एउटा फरक बिषय हो ।
फुटबल खेलाडीको रुपमा यस अगाडि नदेखिएका अनमोललाई दर्शकले कतिको रुचाउलान् भन्ने कौतुहलता पनि छ । अनमोललाई लभर ब्वाइको रुपमा दर्शकले रुचाउँदै आएका छन् । नेपालमा खेलकुदको बिषयमा बनेका फिल्मको व्यापार गतिलो छैन । यसैले अनमोलका लागि क्याप्टेन चुनौती हो । यस्तै, अनमोलका लागि विश्वकप फुटबलमा अर्जेन्टिनाको जित अर्को आशा हो ।
अर्जेन्टिना र मेस्सीको ठूलो फ्यान रहेको बताउने अनमोल यसपटक मेस्सीले जित्नुपर्ने बताउँछन् । मेस्सीले अहिलेसम्म विश्वकपको ट्रफी नउचालेकाले यसपटक उचाल्ने अनमोलको विश्वास छ । फुटबलसँग अनमोलको यसपटक विशेष लगाव छ । के अनमोलले सोचे जस्तै २ वटै कुरा चल्छ होला त ?
For More videos Log on to Mazzako TV