फिल्म जय भोले र छक्का पन्जा ३ एकैदिनमा चल्दैछन् । यही कारणले गर्दा पनि यी दुई फिल्मका निर्माताविच बाझाबाझ होला भन्ने धेरैले अनुमान लगाएका छन् । तर, फिल्म छक्का पन्जा ३ सँग जुध्नु परेपनि त्यो शान्त तरिकाको जुधाई हुने जय भोलेका निर्देशकले बताएका छन् । जय भोलेका निर्देशक अशोक शर्माले चाडपर्वको मितिमा २ वटा ठूलो फिल्म लाग्नु सामान्य भएको बताएका छन् ।

उनले, दुबै फिल्म हेरेर दर्शकले मनोरञ्जन लिने समेत बताए । उनले, छक्का पन्जा ३ बाट आफूलाई अफर आएको खण्डमा काम गर्न तयार समेत रहेको बताएका छन् । अशोक शर्माले यसो भनिरहँदा उनले अहिलेबाट नै हलवालाहरुसँग फिल्म रिलिजको बिषयमा संझौता समेत गर्न थालेका छन् । डीसीएनका मालिक अशोक शर्माले हल कब्जा गर्ने रणनिती लिएका छन् ।

For More videos Log on to Mazzako TV