गोपी र चौधर ग्रुपको हलमा दादागिरी
आज रिलिज भएको बलिउड फिल्म रेश ३ लाई लिएर गोपिकृष्ण मुभिज र फिल्म वितरणमा हात हालेको सिजी इन्टरटेन्मेन्टले दादागिरी देखाएका छन् । गोपिकृष्ण मुभिज र सिजीले राजधानी बाहिरका हलहरुसँग सुरुमै एमजी मागेका हुन् ।

एमजी नदिएको खण्डमा फिल्म नै नदिने भन्दै उनीहरुले धम्की दिएपछि राजधानी बाहिरका कतिपय हलमा बलिउडका अभिनेता सलमान खानको रेश ३ नचल्ने भएको छ । रेश ३ लाई एमजी नदिए सन्जु नामक अर्को फिल्म पनि नदिने भन्दै उनीहरुले धम्की दिएका थिए ।
चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले हिन्दी फिल्म रिलिजका लागि हलवालाहरुले नयाँ ढंगले सोच्नु पर्ने बेला आएको भन्दै स्टाटस लेखेका छन् । गोपिकृष्ण मुभिजसँग मिलेर नेपालको धनाढ्य व्यापारीक परिवार चौधरी ग्रुपले हिन्दी फिल्म वितरणमा हात हालेको हो । उसले, हात हालेपछि हलवालाहरु झनै मर्कामा परेका छन् ।
For More videos Log on to Mazzako TV







