के रोजीको छायांकन रोकिएला ?
अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म रोजीको छायांकन प्रभावित भएको छ । फिल्मको कथावस्तु रोजी महर्जनको हत्याकाण्डसँग मिल्ने भन्ने खबर सार्वजनिक भएसँगै रोजी टिम संकटमा परेको हो । अभिनेता प्रदिप खड्का, अभिनेत्री परमिता आर एल राणा, मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्मलाई निरक पौडेलले निर्देशन गरिरहेका छन् ।

रोजी महर्जनको परिवारले छोरीको कथामा फिल्म बनाउन नपाइने भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि बोर्डले फिल्मको यूनिटलाई बोलाएको हो । यसैले पनि उनीहरुविच आज वार्ता भएको थियो । वार्ता सहमतीमा पुग्न सकेको छैन ।
अब वुधबार बार्ता गर्ने सहमती भएको छ । यसैले, निरक पौडेलको यो महत्वकांक्षी प्रोजेक्ट बन्ने या नबन्ने भन्ने अन्यौल बढेको छ ।
For More videos Log on to Mazzako TV








