कलाकार भिम बहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । उनकी जेठी छोरीले उनलाई दागवत्ती दिएकी थिइन् । थापाका १ छोरा र २ छोरी छन् । निर्देशक दिपाश्री निरौलाका थापा धर्म पिता हुन् । धर्म पिताको निधनमा दिपाको आशु रोकिएनन् ।

उनी, पोखराबाट वुधबार बिहान मात्रै राजधानी आएकी थिइन् । पशुपति आर्यघाटमा उनको अनुहार मलिन देखियो । के घर के डेराबाट फिल्म क्षेत्रमा आएका थापा नेपाली सेनाका मेजर समेत हुन् । उमेर हकवन्दीका कारण उनले अवकाश लिएका थिए ।

उनले दोश्रो विश्वयुद्धमा समेत लडाई लडेका थिए । थापाले थुप्रै फिल्म, टेलिफिल्म र विज्ञापनमा काम गरेका छन् । उनको गएराती २ बजे निधन भएको थियो ।

 

For More videos Log on to Mazzako TV