मेरी मामुमा कुसुम
निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको फिल्म मेरी मामुका लागि अभिनेत्री फाइनल भएकी छिन् । फिल्ममा कुसुम गुरुङलाई फाइनल गरिएको हो । निर्माता सन्तोष सनेका छोरा आयुव सेनले यो फिल्मबाट डेब्यू गर्दैछन् ।
आयुवसँगै यो फिल्मबाट कुसुमले पनि डेब्यू गर्दैछिन् । सन्तोष सेनले असार ३ गतेबाट फिल्मको सुटिङ सुरु गर्ने बताएका छन् । यो फिल्मलाई यम थापाले निर्देशन गर्दैछन् । फिल्ममा अभिनेत्री अश्लेषा ठकुरीको पनि अभिनय रहनेछ । अश्लेषालाई भने विशेष भूमिकामा देखाइनेछ ।
आमा र छोराको कथामा बन्न लागेको यो फिल्म वाल मनोविज्ञानमा आधारित छ । फिल्मलाई भदौमा रिलिज गर्ने तयारी सन्तोषले गरेका छन् ।
For More videos Log on to Mazzako TV