बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । उनको गएराती २ बजे ९२ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएका पारिवारिक स्रोतले बताएको छ । उनी भूपु नेपाली सेना समेत हुन् ।

फिल्म, टेलिश्रृंखला र रेडियो नाटकमा अभिनय गरेका कलाकार थापाले हाँस्य टेलिश्रृंखला ’तीतो सत्य’ बाट लोकप्रियता कमाएका थिए । कलाकार थापा, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् । भिमबहादुर र दीपाश्रीले ‘देवि’ सिरियलदेखि नै सँगै काम गरेका थिए । .

For More videos Log on to Mazzako TV