गीत रिलिजसँगै आश्मालाई तनाव
अभिनेत्री आश्मा गिरी ड्रिम गल नामक फिल्मबाट नेपाली फिल्ममा आउँदैछिन् । यो फिल्मको व्यापार राम्रो भएको खण्डमा उनको भाग्य खुल्नेछ । यदि, फिल्म चलेन भने आश्मालाई गाह्रो पर्नेछ । फिल्ममा आश्माको जोडीको रुपमा आकाश श्रेष्ठ छन् । आकाश र आश्मालाई नै हलमा हेर्न दर्शक आउलान् या नआलाउन् भन्ने मुख्य कुरा हो ।

ऋषिराज आचार्यले यो फिल्म निर्देशन गरेका हुन् । फिल्मको एउटा गीत रिलिज भैसकेको छ । तिम्रो मायामा बोलको गीत रिलिज भएपछि अभिनेत्री आश्मालाई भने तनाव सुरु भएको छ । किनकी, यो गीतका लागि उनी थाइल्याण्ड र रारा ताल पुगिन् । गीतका लागि मिहिनेत पनि गरिन् । तर, यो गीतको फिडब्याक गतिलो आएको छैन । यसैले, आश्मा कसरी सफलता पाउने भन्नेमा सोच्न थालेकी छिन् । यो गीतको फिडब्याक राम्रो आइदिएको भए आश्मालाई फाइदा हुन्थ्यो ।

तर, उनको मिहिनेत अनुसार फिडब्याक आएन । यो फिल्म असोज १९ गतेबाट रिलिज हूँदैछ । फिल्मको ट्रेलर राम्रो आएको खण्डमा आश्माको तनाव कम हुने थियो ।
For More videos Log on to Mazzako TV








