अभिनेत्री नम्रता सापकोटाले नृत्य गरेको फिल्म चिमुसीचीको शिर्ष गीत रिलिज गरिएको छ । साउन ११ गते रिलिज हुन लागेको यो फिल्मको शिर्ष गीतमा बर्षाले कोरसहरुसँगै नृत्य गरेकी छिन् । फिल्ममा भने नम्रता मुख्य भूमिकामा छैनन् । सुनिल क्षेत्री र एलिसा शर्मा फिल्मका मुख्य कलाकार हुन् ।

यो फिल्मको शिर्ष गीतमा सुजता पाण्डेको स्वर, सन्तोष पोखरेलको शब्द र करणराज खत्रीको संगीत छ । विक्रम स्वारले भिडियोको कोरियोग्राफी गरेका छन् । नम्रताले गीतमा आफ्नो कम्मर मर्काउने कोशिश गरेकी छिन् । एलिसा र सुनिलले नृत्य गरेको रोमान्टिक गीत हिट नभएपछि यसको यूनिटले अर्को गीत चाडै नै सार्वजनिक गरेको हो ।

म्यूजिकल थ्रिलर कथामा फिल्म बनेको फिल्मका लेखक तथा निर्देशक दिनेश श्रेष्ठले बताएका छन् ।

For More videos Log on to Mazzako TV