नेपाली फिल्ममा हरेक बर्ष दर्जन बढी नयाँ यूवतीको भिड लाग्ने गरेको छ । हिरोइन बन्न आउने गरेका नयाँ यूवतीहरु कोही सेलाएका छन् भने कोहीले काम पाइरहेका छन् । यसैले, यहाँ लामो समय रिजर्भ बस्छु, मिडिया र दर्शकदेखि टाढा बस्छु भन्ने कलाकारको त काम नै छैन । अभिनेत्री आना शर्मा यस्तै एक कलाकारक हुन् ।

जो भिडबाट टाढा रहन खोज्दा हराउन थालेकी छिन् । जेरी फिल्ममा अभिनय गर्दा उनको जुन क्रेज थियो त्यो अहिले लगभग सकिएको छ । आनाले अभिनय गरेको दोश्रो फिल्म ग्याङस्टार ब्लूज पनि असफल भएपछि आनाको खोजी फिल्म लाइनमा छैन ।
आनासँगै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज ह्वात्तै बढ्दा आनालाई निर्माताले संझेका छैनन् । फिल्मीकर्मी र मिडियासँग दुरी बनाउने बानीले आनालाई घाटा लागेको छ । आनाले आफ्नो करिअर आफै डुबाउन थालेको देखिन्छ ।

For More videos Log on to Mazzako TV