अभिनेत्री स्वस्तिमा खड्काको फिल्म छक्का पन्जा ३ मा प्रवेश भएको छ । पोखरामा छायांकन भैरहेको फिल्ममा स्वस्तिमाको प्रवेश भएपछि धेरैले आश्चर्य मानेका छन् । दिपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको फिल्ममा स्वस्तिमाको सानो सिन र गीत हुनेछ ।

फिल्मको गीतको छायांकन भने राजधानीमा हुनेछ । स्वस्तिमा यो फिल्ममा नहुने कलाकार दिपकराज गिरीले बताएका थिए । तर, अब स्वस्तिमा जोडिएसँगै उनको भूमिकालाई लिएर कौतुहलता पनि देखिएको छ ।
दशैको फूलपातिमा रिलिज हुन लागेको यो फिल्ममा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV