अभिनेता अनमोल केसी आफ्नै फिल्मको प्रचार गर्न पनि खासै निस्कदैनन् । अनमोल आफ्नै फिल्मको प्रचारका लागि राजधानी भित्रका कार्यक्रममा पनि पुग्दैनन् । तर, अब अनमोल स्टेजमा पुग्ने मात्र छैनन्, नाच्ने पनि छन् ।

देशका विभिन्न शहरमा आयोजना हुन लागेको अनमोल इभमा उनले आफ्नो प्रस्तुति दिन लागेका हुन् । अनमोल ४ वटा शहरमा जाने फाइनल भएको छ । पोखरा, बुटवल, चितवन र झापामा आयोजना हुने अनमोल इभमा उनी पुग्नेछन् । अन्य शहरका लागि अनमोलसँग कुरा भैरहेको छ ।

लगातार ३ वटा फिल्म साइन गरेका अनमोल अब दर्शकसँग प्रत्यक्ष जोडिन समेत लागेका हुन् । यसका लागि उनले कति रकम लिएका छन् भन्ने खुलेको छैन । अनमोल इभमा नाटक र खेलकुदका कार्यक्रम पनि हुनेछन् ।

For More videos Log on to Mazzako TV