अभिनेता राजेश हमाललाई लामो समयदेखि दर्शकले फिल्ममा हेर्न पाएका छैनन् । फिल्म शकुन्तलामा सारी लगाएपनि हमाललाई दर्शकले पत्याएनन् । यो फिल्म असफल भएपछि हमालले नयाँ नयाँ बिषयमा काम गर्न चाहेपनि सफल हुन नसकेको देखियो । यसपछि हमाल फिल्ममा अभिनय गर्नबाट पछि हटे ।

अब भने उनले फिल्म शकुन्तलाकै निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन् । हमालले काम गर्न लागेको नयाँ फिल्मलाई महंगो बजेटमा बनाउने तयारी गरिएको छ । हमालले आफ्नो जन्मदिनको अवसरमा सो फिल्ममा काम गर्न राजी भएका हुन् । फिल्ममा ४ जना लीड अभिनेत्री हुनेछन् ।

तर, अहिलेसम्म अभिनेत्रीहरुको कोही पनि फाइनल भएका छैनन् । फिल्ममा हमालको विल्कुल फरक गेटअप हुने दिनेशले बताएका छन् । फिल्मको छायांकन तिहारपछि हुनेछ । हमालले यो फिल्मका लागि ७ महिनादेखि स्क्रिप्ट पढिरहेका थिए ।

For More videos Log on to Mazzako TV