अभिनेत्री अदिती वुढाथोकीलाई लामा पहिरन मन पर्दैन । उनी छोटा पहिरनमा नै देखिन्छिन् । सामाजिक संजाल क्रेजी अदितीलाई त्यहाँ पनि लामो पहिरनमा फोटो पोष्ट गर्न मन पर्दैन । अदितीले सर्वाधिक धेरै प्रयोग गर्ने इन्टाग्राम हेर्ने हो भने उनी सधै नै छोटा र खुलेका पहिरनमा हुन्छिन् ।

अदितीलाई विकिनी लगाउन मात्र होइन त्यस्तो विकिनीको तस्बिर पोष्ट गर्न पनि खुबै मनपर्छ । यसैले पनि अदिती विन्दास यूवती हुन् भन्दा फरक पर्दैन । नेपाली फिल्मका हिरोइनहरुले विकिनी लगाउन नै सकस मानिरहेको समयमा अदिती विन्दास रुपमा विकिनीका तस्बिर पोष्ट गर्छिन् ।

अदितीको इन्स्टाग्राममा विकिनी लगाएका थुप्रै तस्बिर भेटिन्छन् । अदितीको विकिनी मोह हेर्नलायक नै छ । फिल्म ‘कृ’मा काम गरेपछि चर्चामा आएकी अदिती अहिले मुम्बइमा छिन् ।

For More videos Log on to Mazzako TV