‘सयकडा दश’ का नायक नायिका रोमान्टिक मोडमा
मनोज गजुरेल स्टारर फिल्म ‘सयकडा दश’ का छायांकन सकिएकोे छ । छायांकन सकिएलगत्तै निर्माताले नायक अमृत ढुंगाना र डेब्यु नायिका करुणा श्रेष्ठको रोमान्टिक तस्विर सार्वजनिक गरेका छन् ।फिल्मको काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा छायांकन गरियो । रिलिज गरिएका तस्विर सुदुरपूर्वको पाँचथरमा गीत छायांकनसँग सम्बन्धित छन् ।
मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्धन्द्ध हो ।प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव पेश गर्छ । राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकार छन् ।
रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग टीमअप गरेका छन् ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV