मायामा शिल्पा र पृथ्वीराज (भिडियो)
यहि असार २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘वीराङ्गना’ दोस्रो गीत सार्वजनिक भएकोे छ । फिल्ममा समावेश ‘तिम्रो हाम्रो मायामा’ बोलको डान्सिङ गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र नायक पृथ्वीराज प्रसाईंलाई देख्न सकिन्छ । रघु परियारको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर सुन्न सकिन्छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
सुमी चामलिङ राई सह निर्माता रहेका छन् । नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको फिल्ममा शिल्पा र पृथ्वीसंगै अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । ‘वीराङ्गना’ को यसअघि ‘तिमी पुलिस म नि पुलिस’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
For More videos Log on to Mazzako TV