चंगाचेटको रिलिज डेट तोकियो
फिल्म चंगाचेटको रिलिज डेट तोकिएको छ । यो फिल्म अब भदौ १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक दिपेन्द्र के खनालले भदौ १५ लाई फाइनल गरिएको जानकारी दिए । फिल्मको निर्माण माधव वाग्लेले गरेका हुन् ।

फिल्म चंगाचेटमा प्रियंका कार्की र आयुष्मानको जोडीलाई देखाइएको छ । यस्तै, सन्दिप क्षेत्री र परमिता आर एल राणा, रविन्द्र झा र सुरक्षा पन्तको जोडी यो फिल्ममा देखिएका छन् । फिल्मका निर्माता माधव वाग्ले अहिले यही फिल्मका लागि तयार पारिएको नक्कली नोट प्रकरणको मुद्दामा प्रहरी हिरासतमा छन् ।

राम्रो फिल्म बनाउने भनेर चिनिएका निर्देशक दिपेन्द्र के खनालले चंगाचेट पनि रमाइलो बनेको बताए । भदौ १५ मै रिलिज हुने भनिएको फिल्म ब्रेकअप भने रिलिज नहुने वुझिएको छ ।
For More videos Log on to Mazzako TV







