महिला सशक्तिकरण कार्यक्रममा कलाकार सम्मानित
चलचित्र विकास बोर्डले आयोजना गरेको महिला सशक्तिकरणका लागि सूचनाको हक अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा विभिन्न महिला कलाकारलाई सम्मान गरिएको छ । कार्यक्रममा कलाकार चैत्यदेवी, शकुन्तला शर्मा, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, दीपाश्री निरौला, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको थियो ।
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला कार्यक्रमको प्रमुख अतिथी थिए । महिला कलाकार सशक्त हुनुपर्ने र नेपाली जनमानसका लागि रोल मोडल भएको कार्यक्रममा उपस्थित विभिन्न चलचित्रकर्मीले बताएका थिए । पुराना कलाकारदेखि नयाँ कलाकारसम्मलाई सो कार्यक्रममा महिला सशक्तिकरणमा योगदान गरेको भन्दै सम्मान गरिएको हो ।