आकाशकी ड्रिम गर्ल को ?
अभिनेता आकाश श्रेष्ठले विभिन्न अभिनेत्रीहरुसँग काम गरिसकेका छन् । उनले अभिनेत्री पूजा शर्मा, आँचल शर्मासँग काम गरेको फिल्म रिलिज हुनै बाँकी छ । यी दुबै अभिनेत्रीसँग आकाशले रोमान्स पनि गरेका छन् । उनले नव अभिनेत्री आश्मा गिरीसँग पनि अभिनय गरेका छन् ।
आश्माले आकाशसँग काम गरेको फिल्म ड्रिम गर्ल रिलिजको तयारीमा छ । आखिर, आकाशको रियल लाइफकी ड्रिम गर्ल को होलिन् ? आकाशले आफ्नो ड्रिम गर्लकी बारेमा पछि बताउने बताए । तर, अहिले आश्मासँग काम गरेकाले उनी नै आफ्नो ड्रिम गर्ल भएको बताए । आश्माले राम्रो काम गरेको आकाशले बताएका छन् ।
यस्तै, अभिनेत्री आश्माले पनि आफूले सबैको ड्रिम गर्ल बन्न कोशिश गरेको बताइन् ।