नायक आकाश श्रेष्ठ अभिनित लभ स्टोरी फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘तिम्रो माया’ बोलको गीत सार्वजनिक गरिएको हो । नेपालको रारा ताल र थाइल्यान्डका सुन्दर दृश्यहरु लाई कैद गरिको गीतमा नायक आकाशसंगै नायिका आश्मा गिरीलाई रोमान्टिक मुडमा देख्न सकिनछ ।

उक्त सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा अम्बिका शर्माको शब्द छ भने, अञ्जु पन्त र सुरेश लामाको स्वर सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । ऋषिराज आचार्य निर्दे्शित ड्रिम गर्लमा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतको अभिनय रहेको छ ।

राहुल राई र रामेश्वर हुँमागाईंको छायाँकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ । फिल्ममा अर्जुन शर्मा, निर्देशक आचार्य, र रामेश्वर धितालको लगानी छ । फिल्म असोज १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

 

   

For More videos Log on to Mazzako TV