अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘मालिका’ को छायांकन सकेलगत्तै प्रचार प्रसार समेत सुरु गरेकी छन् । यसै साताको सोमबार सुटिंग सकेकी रेखाले बुधबार रुकुमको चौरजहारीमा पुगेर उपस्थित हजारौं दर्शकसँग मालिकाका बिषयमा जानकारी गाराइन् ।


छोरीको निम्ति स्वर्णिम नेपाल अभियानकी मुख्य अभियान्ता समेत रहेकी रेखाले चौरजहारीका दर्शकलाई मालिकाका बिषयमा जानकारी दिदै यस फिल्मबाट निकै आशा गरेको समेत बताइन् । मलिकाको कथा बस्तु तथा नाम समेत त्यहाका दर्शकले मन पनराएको रेखाको भनाइ छ । रेखाले सुनाइन्, ‘फिल्मको मुख्य विषयवस्तु भनेपछि विशेष गरी महिलाहरु उत्साहित भएको पाएँ ।’


रेखा आफ्नै निर्देशन रहेको ‘मालिका’ बाल बिबाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित छ । उनले देशका हरेक गाउँ तथा शरहरमा महिला शशक्तिकरण केन्द्रित कार्यक्रम गरिने समेत बताइन् । रुकुममा ‘मालिका’ तथा रेखा थापाप्रति देखिएको क्रेजले फिल्मका कार्यकारी निर्माता नर बहादुर कार्की अचम्मित समेत भए ।
तिहारमा रिलिज हुने ‘मालिका’मा रेखा सँगै जाजरकोटकी कमला वलीको पनि मुख्य भूमिका रहेको छ । सामाजिक चेतनासँग जोडेर रेखाले मालिकाको भव्य प्रचार प्रसार गर्ने योजना बनाएकी छन् ।

For More videos Log on to Mazzako TV