स्वेतालाई फिल्मको अफर, तर बस्ती निर्माणमा व्यस्त

फिल्म कान्छी हिट भएपछि निर्मात्री तथा अभिनेत्री स्वेता खड्कालाई अन्य निर्माताले पनि अफर गरेका छन् । स्वेतालाई लिएर फिल्म बनाउने निर्माताहरुको धोको भने पुरा हुन सकेको छैन । स्वेताले अहिलेसम्म बाहिरी ब्यानरका फिल्ममा काम नगर्ने घोषणा गरेकी छैनन् । तर, उनले बाहिरी ब्यानरबाट आएको अफरलाई स्विकार पनि गरेकी छैनन् ।

स्वेतालाई फिल्मको अफर लिएर निर्माताहरु उनीसम्म पुग्ने गरेका छन् । स्वेताले भने नखेल्ने जवाफ दिदै आएकी छिन् ।
स्वेता अहिले सिन्धुपाल्चोकमा माझी बस्ती बनाइरहेकी छिन् । यो बस्तीका लागि स्वेताले आफ्नो घर पनि बैंकमा राखेको खबर सार्वजनिक भएको थियो । यो बस्ती हस्तान्तरण नगरेसम्म स्वेताले फिल्म खेल्ने सोच बनाएकी छैनन् ।










