प्रसादमा निश्चल अभिनेता
विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेर बन्न लागेको फिल्म प्रसादमा अब एक चर्चित निर्देशकले पनि अभिनय गर्ने भएका छन् । यो फिल्ममा विपिन र नम्रताको अपोजिट भूमिकामा निर्देशक निश्चल बस्नेतले काम गर्न लागेका हुन् । निश्चलले कथा मन परेकाले फिल्म साइन गरेको बताएका छन् ।

सन्तान जन्माउन नसकेका दम्पत्तीको कथामा यो फिल्म बन्न लागेको छ । असारको १ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । निर्देशक दिनेश राउतले यो फिल्म निर्देशन गर्दैछन् । दिनेशले फिल्मको कथा लेख्दा नै आफूले दिमागमा निश्चललाई राखेको बताएका छन् । यस्तै, फिल्मका अभिनेता विपिन कार्की फिल्ममा निश्चल जोडिएपछि खुशी भएको बताएका छन् । निर्देशक बस्नेतले फिल्मको कथावस्तु सुन्ने वित्तिकै मन परेको बताए ।

उनले, आफूले अहिले फिल्म खेल्न कम गरेको तर यसको कथाले वाँधेकाले नाई भन्न नसकेको बताए । निश्चलले २ रुपैयाँ फिल्ममा काम गरिसकेका छन् भने दिनेशले नै निर्देशन गरेको पर्व फिल्ममा आइटम नृत्य समेत गरेका छन् ।

For More videos Log on to Mazzako TV








