अनमोलको बलिउडमा डेब्यु
नायक अनमोल केसीले आफ्नो बलिउडमा डेब्यु गरेका छन् । हाफ्नो छैठौँ फिल्म ’क्याप्टेन’ मा छायांकनरत अनमोलले हालै भारतको चर्चित म्यूजिक कम्पनी ’वल्डवाईड रिकाड्र्स प्रा.ली’ ले निर्माण गर्न लागेको फिल्म साइन गरेका हुन् ।

भारतको पत्रिका ‘हमारा महानगर’ ले ‘नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री’ शिर्षकको समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् । उक्त फिल्मलाई भुवन केसीले निर्देशन गर्ने समेत बताइएको छ ।

यस अनटाइटल हिन्दी प्रोजेक्टका लागि अनमोलले महँगो पारिश्रमिक लिएको चर्चा छ । ’वल्डवाईड रिकाड्र्स’ का वनर रत्नाकर कुमारले भनेका छन्, ’अब हामी नेपाली कलाकारसँग पनि काम गर्दैछौँ । नयाँ प्रोजेक्टलाई लिएर म निकै उत्साहित छु ।’

For More videos Log on to Mazzako TV








