हरि पत्तासाफ
अभिनेता विपिन कार्कीले महंगो पारिश्रमिक लिन थालेका छन् । विपिन पनि महंगा अभिनेतामा पर्छन् । यसैले, आफूले लिएको महंगो पारिश्रमिक निर्मातालाई फिर्ता गर्न सक्ने हिम्मत कुनै कलाकारमा हुनुपर्छ । तर, अभिनेता विपिन कार्कीले महंगो पारिश्रमिक फिर्ता गर्ने क्षमता राख्न सकेका छैनन् । उनले, अभिनय गरेको फिल्म हरि अहिले हलमा छ ।

तर, यो फिल्म हलमा छ दर्शक छैनन् । फिल्मले रिलिजको ४ दिनसम्म पनि १० लाख ग्रस कलेक्शन गर्न सकेको छैन । विपिनको हरि हेर्न हलमा दर्शक आएनन् । केही समिक्षकले फिल्मलाई मन पराए । तर, दर्शकले यस्तो पनि फिल्म हुन्छ भन्दै हेर्ने रुची देखाएनन् ।
यो फिल्मले अहिलेसम्म ७ लाख आसपासको ग्रस कलेक्शन गरेको छ । यसको अर्थ निर्माताले फिल्मबाट ३ लाख पनि शेयर पाएका छैनन् । यस्तो अवस्थामा हरि पत्तासाफ भयो भन्न सकिन्छ ।
For More videos Log on to Mazzako TV







