असार २९ गतेका लागि रिलिज मिति तोकिएको फिल्म बाबु कान्छाको टिजर आज रिलिज भयो । टिजरमा फिल्मको झलक देखाइएको छैन । बरु, फिल्मका निर्माता र निर्देशक शोभित बस्नेतले छोरा सलोन बस्नेतलाई एकलौटी टिजरमा हाबी बनाएका छन् ।

टिजरमा १७ बर्ष अगाडि सलोनले काम गरेको फिल्म नेपाली बाबुको दृश्यलाई स्थान दिइएको छ । सलोनले यो फिल्ममा बाल कलाकार भएर काम गरेका थिए । अहिले बाबु कान्छामा भने सलोन लीड हिरो भएका छन् । सलोनको त्यो रुपदेखि यो रुपसम्म भन्ने संकेतमा टिजर बनाइएको हुनसक्छ ।
फिल्ममा सलोनलाई उनकै प्रेमिका करिश्मा श्रेष्ठले साथ दिएकी छिन् । संचारकर्मी रवि अधिकारी बाबु कान्छाका कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV