फिल्म ‘अमेरिका बोइज’ ले मज्जाको प्रतिक्रिया पाइरहेका बेला फिल्ममा समावेश अर्काे गीतको भिडियो सार्वजनिक भएको छ । फिल्मको ‘माया लै लै’ बालेको गीत युट्युब मार्फत रिलिज गरिएको हो । दीपक आर जे को शब्द संगीत रहेको गीतमा दीपकसंगै चर्चित गायिका मिना निरौलाको स्वर सुन्न सकिन्छ । भिडियोमा रिस्ता बस्नेत र नायक, मोडल तथा कोरियोग्राफ सुनिल क्षेत्रीको अभिनय रहेको छ । साथमा फिल्मका प्रमुख पात्र अर्पण थापा, अभय बराल र आशिष प्रसाईको पनि अभिनय छ ।

प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्मको हाँस्य पाटोलाई दर्शकले पनि रुचाएका छन् । गम्भिर कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्दै दर्शकलाई हसाँउने र अन्त्यमा रुवाउन सफल यो फिल्मको माउथ पब्लिसिटी राम्रो हुने देखिएको छ । अर्पण थापा, अभय बराल, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, आशिष प्रसाई, श्रृष्टी कार्कीको यो फिल्ममा मुख्य भूमिका छ ।

फिल्म अमेरिका बोइजले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ । साथमा, यो फिल्मले सन्देश पनि दिएको छ । यसैले फिल्मले राम्रो कमाई गर्ने आशा यसका निर्माताले पनि पालेका छन् ।

For More videos Log on to Mazzako TV