रिलिज भयो ‘चङ्गा’ को रुवाउँने ‘मेरी आमा’ गीत (भिडियो)
यहि जेठ २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘चङ्गा’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘मेरी आमा’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘मेरी आमा’ गीतमा आमा र छोरा बिचको मायालाई मज्जाले प्रस्तुत गरिएको छ ।
चर्चित गायक कमल खत्रीको शब्द, सङ्गीत र स्वरमा सुन्न सकिने गीतले मन छुन्छ । किशोर भण्डारीको कथा र निर्देशन रहेको चलचित्रमा किशोर भण्डारी र रेश्मा तीमल्सीनाको संयुक्त लगानी रहेको छ ।
फिल्ममा बुद्धि तामाङ, अङकित खड्का, लक्ष्मी बार्देवा, लक्की भण्डारी, रेश्मा तीमल्सीना, प्रेम वर्षा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र को कार्यकारी निर्माता भने प्रकु पाण्डे रहेका छन् ।
For More videos Log on to Mazzako TV