हनुमाने र मङ्गली रोमान्टिक मुडमा (भिडियो)
बुद्धी तामाङ (हनुमाने) र रजनी गुरुङ (मङ्गली) एकसाथ अभिनय गरेको फिल्म ‘मट्टिमाला’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । टेके पौरखी राई निर्देेशित यहि जेठ २५ गतेबाट प्रदर्शामा आउँने फिल्म ‘मट्टिमाला’ को ‘तिमी बाहेक’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा बुद्धी र रजनीको केमेष्ट्रि समेत मज्जाले जमेको छ । रोशन भट्टराईको शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ । गीतमा स्वर भने संगीतकार सुमन र अमृता लिम्बुको स्वर सुन्न सकिन्छ ।

हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । फिल्ममा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई लगायतको अभिनय छ । निर्माताको रुपमा पृथ्वि रहेका छन् ।
चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गितकार जानू काङ्बाङ लिम्बू , रोशन भट्टराई , साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई, अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् ।
For More videos Log on to Mazzako TV








