नायिका विना नै लभ स्टेशन घोषणा

उज्ज्वल घिमिरेको निर्देशनमा बन्ने फिल्म लभ स्टेशनको घोषणा भएको छ । यो फिल्मलाई गोविन्द शाही र घिमिरेले मिलेर बनाउन लागेका छन् । फिल्मको घोषणा कार्यक्रममा अभिनेत्रीहरु पनि देखिएनन् । फिल्ममा अभिनेत्री जसिता गुरुङ फाइनल भैसकेको खबर आएको थियो ।

तर, निर्माता गोविन्द शाहीले अहिलेसम्म जसिता फाइनल नभएको बताए । जसितासँग कुरा भैरहेको तर उनले अझै फाइनल जवाफ नदिएको गोविन्दले बताए । फिल्मको छायांकन नेपाल र अमेरिकामा हुनेछ । लभ स्टेशनले त्रिकोणात्मक प्रेमको कथालाई बोेकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
अभिनेता प्रदिप खड्का मात्र फाइनल भएको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भैरहेको छ । फिल्मलाई फागुण २४ गते रिलिज गर्ने निर्माता शाहीले बताएका छन् ।

For More videos Log on to Mazzako TV








