प्रदिपले आफैलाई भने हिट
अभिनेता प्रदिप खड्काले आफूलाई हिट हिरोको संज्ञा दिएका छन् । फिल्म लिलिबिलीले ५१ दिन मनाएको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा प्रदिपले आफूलाई हिट भनेका हुन् ।
निर्देशक मिलन चाम्ससँग छुट्टिएर किन फिल्म खेल्न लाग्नु भएको भनेर पत्रकारले प्रश्न सोध्दा उनले यस्तो जवाफ दिएका थिए । प्रदिपले भनेका छन्–‘मिलन दाई पनि हिट, म पनि एक प्रकारले हिट । छुट्टाछुट्टै फिल्म बनाएर धेरै पैसा कमाउने सोच आयो ।’

प्रदिप र मिलनको झगडा परिरहेको समयमा उनीहरु लिलिबिलीको ५१ दिने कार्यक्रममा पनि सँगै बसे । मिलन र प्रदिपले एक अर्कालाई केट खुवाएका थिए भने अंगालो पनि मारेका थिए । मिलन चाम्सले आरोप लगाउँदा मौन बसेका प्रदिपले दुश्मनीलाई मार्नुपर्ने तर्क गरेका थिए ।

उनले, नयाँ कुराको श्रृजना गर्नका लागि सामान्य मनमुटाव हुने स्वभाविक नै भएको बताएका थिए । निर्देशक मिलन चाम्सले भने आफूले कहिल्यै पनि प्रदिप र जसिताको प्रेम सम्बन्धको बारेमा कुरा गर्दै नहिडेको बताएका थिए ।
For More videos Log on to Mazzako TV








