मोडलबाट अभिनेता बन्न लागेका निराजन प्रधानले संझौता गरेको एउटा फिल्म छाडेका छन् । कुमार शाहले निर्देशन गर्न लागेको फिल्म प्रेमालयमा निराजनले काम गर्ने भन्दै पत्रकार सम्मेलन नै गरिएको थियो । फिल्ममा मरिष्का पोख्रेल र निराजनको जोडी देखाउने कुमारको तयारी थियो ।

तर, ८ महिना कुरिसक्दा पनि फिल्मको छायांकन सुरु नभएको भन्दै निराजनले फिल्म छाडेका छन् । उनले, आफूले ८ महिना कुर्दा पनि फिल्मको काम अघि बढ्न नसकेको बताएका छन् । यसैले, यो फिल्मका लागि अन्य फिल्मको अफर छाडेका निराजनले प्रेमालयमा काम नगर्ने भएका हुन् ।

फिल्मको छायांकन अष्ट्रेलियामा गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । निराजनले अब नयाँ फिल्ममा चाडै नै काम गर्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV