स्क्रिप्टको कारण पुष्पल छक्का पन्जा ३ बाट बाहिर
फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्पल खड्का बाहिर आएका छन् । फिल्मको घोषणा कार्यक्रममा उपस्थित हुँदै आफ्नो भूमिका मन परेकाले काम गर्न लागेको बताएका पुष्पलले अहिले फिल्म छाडेका छन् । फिल्मको स्क्रिप्ट पुष्पलले मागेपछि कुरा विग्रिएको हो ।
निर्माता दिपकराज गिरीले आफ्नो फिल्मको स्क्रिप्ट कहिले पनि कलाकारलाई पुरा नसुनाउने बताए । तर, सुरुमा फिल्मका लागि हुन्छ भनेर काम गर्न राजी भएका पुष्पलले छायांकन अघि भने स्क्रिप्ट मागेका थिए । पुष्पलले छाडेपछि फिल्ममा अभिनेता संजोग कोइराला फाइनल भएका छन् । फिल्ममा पुष्पलको विशेष भूमिका थियो ।
अब, सो भूमिकामा संजोग देखिनेछन् । दिपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको यो फिल्मको छायांकन अहिले पोखरामा भैरहेको छ ।