अभिनेता अनमोल केसीले काम गर्न लागेको फिल्मको नाम तय भएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘ब्याचलर बन्टी’ राखिएको छ । यो फिल्मको नाम विकास बोर्डमा दर्ता पनि गरिएको छ । विदेशमा छायांकन हुने ब्याचलर बन्टीमा अनमोल रोमान्टिक यूवाको भूमिकामा देखिन लागेका छन् ।

फिल्मका लागि अभिनेत्री फाइनल गरिएको छैन । सधै नयाँ अभिनेत्रीसँग काम गर्दै आएका अनमोलले यसपटक भने फिल्म खेलिसकेकी अभिनेत्रीसँग काम गर्ने तयारी गरेका छन् । मिलनले १–२ दिनमै हिरोइन फाइनल हुने बताएका छन् । फिल्मको कथा लेख्ने काम पनि भैरहेको छ ।

अनमोलले ए मेरो हजुर ३ को छायांकन सकेर ब्याचलर बन्टीमा काम गर्नेछन् ।

For More videos Log on to Mazzako TV