गौरव पहारीको फिल्मको यात्रा चम्किएको छैन । दर्जन भन्दा बढी फिल्म खेल्दा नचम्किएका गौरवलाई सुन साइली सुन साइली बोलको गीतले चम्काइदियो । उनलाई बाटोमा हिड्दा वा कुनै सार्वजनिक कार्यक्रममा पनि साइला भनेर बोलाइन्छ । गौरवले फिल्मबाट पाउन नसकेको सफलता भिडियोबाट पाए ।

यसैले पनि होला उनलाई साइली भन्ने शब्द लक लागेको छ । किनकी, उनलाई फिल्मले त सफलता देला भन्न अब गाह्रो छ । गौरव अहिले भिडियोकी जोडी मेनुका प्रधानको साथमा नै फिल्म साइलीमा काम गर्दैछन् । यो फिल्म उनका लागि महत्वपूर्ण छ । गौरव यो फिल्मका लागि पूर्ण समय दिइरहेका छन् ।

हुन पनि फिल्मले नदिएको सफतालाई उनलाइ साइली गीतले दिएको छ । फिल्म साइलीले पनि गौरवलाई अझै हिट बनाउने हो कि ?

For More videos Log on to Mazzako TV